आजबाट जनरल इन्स्योरेन्सको आईपिओ बिक्रि खुला

५ बर्ष अगाडि

आजबाट जनरल इन्स्योरेन्सले आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले कर्मचारी, सामुहिक लगानी कोष, र सर्वसाधारणका लागी  एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

उक्त शेयरमा आज  असोज ११ गतेदेखि छिटोमा असोज १४ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले जारी गर्नलागेको ३० लाख कित्ता मध्य १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ भने बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया