काठमाडौं – यो साता नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसुचक १०.९१ अंकले घटेको छ । अघिल्लो साता नेप्से परिसुचक १५७२.१८ विन्दुमा रहेको थियो । यो साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबारसम्म आउँदा त्यो परिसुचक ०.६९ प्रतिशतले घटेर १५६१.२७ विन्दुमा आएको छ ।
नेप्सेका अनुसार यो साता ५ दिन शेयर कारोबार १२ अर्ब १५ करोड ४३ लाख ३९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । औषतमा यो साता दैनिक २ अर्ब ४३ करोड ८ लाख रुपैयाँ कारोबार भएको छ ।
यो साता २०६ ओटा कम्पनीको शेयर कारोबार भएको छ । उनीहरुको ४ करोड ४ ला ७९ लाख ४९८ ओटा कित्ता शेयरको २ लाख ६१ हजार ८४९ पटक कारोबार भएको नेप्सेको भनाइ छ ।
यो साताको बजार पुँजीकरण २० खर्ब ८० अर्ब १२ करोड ८२ लाखमा झरेको छ । अघिल्लो हप्ता बजार पुँजीकरण २० खर्ब ९० अर्ब भन्दा बढी थियो ।
यो हप्ता नेपाल बैंकको सबैभन्दा बढी कारोबार भएको छ । उक्त बैंकको ७२ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनी भने दोस्रो नम्बरमा छ । उक्त कम्पनी ६१ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया