कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आफनो पहिलो चिन भ्रमण द्धिपक्षीय हित र प्रदेशको विकासका लागि अन्तराष्ट्रिय लगानीको वातावरण वनाउन निकै उपलब्धीपुर्ण भएको वताउनुभएको छ । साताव्यापी चिन भ्रमणपछि प्रदेश राजधानी फर्कने क्रममा सुर्खेत विमानस्थलमा शनिवार संचारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री शाहीले हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको जानकारी दिनुभयो ।
‘चाईना रेलवे कम्पनीसंग भएको प्रारम्भिक सहमति अनुसार सम्भाव्यता अध्ययन पछि प्रतिवेदन प्रदेश सरकारलाई वुझाउछ ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘केन्द्र सरकारसंग सम्झौता पछि यो द्रुतमार्ग निर्माणको काम अगाडी वढ्छ ।’
हिल्सा–जमुनाहा द्रुतमार्ग कर्णालीको विकास र समृद्धिको मेरुदण्ड भएको वताउदै मुख्यमन्त्री शाहीले प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको वताउनुभयो । मुख्यमन्त्री शाहीले चिन भ्रमणमा कर्णाली एअरलाईन्स स्थापना, पर्यटन पुर्वाधारको विकास, जडीवुटी प्रशोधन, जलविद्युत विकास, आन्तरिक तथा प्रादेशिक विमानस्थल निर्माण लगायतका विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।
चिन भ्रमणका क्रममा द्धिदेशीय सिमा नाका निर्माणका वारेमा पनि चिनिया प्रतिनिधिमण्डलसंग छलफल भएको मुख्यमन्त्री शाहीले वताउनुभयो ।
मुख्यमन्त्री शाही ४ सदस्यीय टोली सहित प्रदेश सरकार वनेपछि पहिलो औपचारिक विदेश भ्रमणका लागि गतसाता चिन प्रस्थान गर्नुभएको थियो ।
चिनको सिचुआन प्रान्तका गभर्नर थ्ष्ल ीष् को औपचारिक निमन्त्रणामा चिन जानुभएका मुख्यमन्त्री शाही त्यहाँ सम्पन्न ज्ञठतज ध्भकतभचल ऋजष्लब क्ष्लतभचलबतष्यलब िँबष्च र द्यभति बलम च्यबम म्भखभयिऊभलत ऋयलाभचभलअभ मा सहभागि सहभागि हुनुभएको थियो ।
प्रतिक्रिया