नेपालमा बितेको २४ घण्टामा थप १,१५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६५,००० नाघेको छ।
अहिले देशभरि १७,६११ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये ८,९२१ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा ९,५३३ वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ।
सो अवधिमा १,००५ जना रोगमुक्त प्रमाणित भए। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ४७,२३८ जना अर्थात् ७२ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।
गम्भीर लक्षण भएका बिरामीमध्ये १९६ जना सघन उपचारमा भएको जानकारी मन्त्रालयले दिएको छ।
अहिले देशभरि ७,४०३ जना क्वारन्टीनमा छन्।
प्रतिक्रिया