एनएमबि क्यापिटलद्वारा दुईवटै सामुहिक लगानी कोषको लाभांश घोषणा

५ बर्ष अगाडि

एनएमबि क्यापिटलले आफ्नो दुईवटै सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा गरेको छ । 

आइतबार बसेको क्यापिटलको  संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

क्यापिटलले एनएमबि हाईब्रिड फण्ड एल १ र  एनएमबि ५० योजना ब्यबस्थापन गर्दै आएको छ । 

क्यापिटलको बैठकले एनएमबि हाईब्रिड फण्ड एल १ का इकाईधनीले कर सहित ८ प्रतिशत तथा एनएमबि ५० का इकाईधनीलाई कर सहित ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । 

उक्त लाभांश बितरण प्रयोजनको लागि क्यापिटलले असोज १६ गते बुक क्लोज गर्नेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया