पर्वतारोही आङरिता शेर्पाको आज निधन भएको छ ।
‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही शेर्पाको सोमबार विहान १० बजे ७२ वर्षको उमेरमा
जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको हो ।
उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।
शेर्पा लामो समयदेखि लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । उनको जन्म सोलुखुम्बुमा भएको थियो ।
प्रतिक्रिया