बैंक अफ काठमाण्डूको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन

५ बर्ष अगाडि

आज बैंक अफ काठमाण्डूको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।

कम्पनीले संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गन चाहानेले शेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलको कार्यालय काठमाण्डौको नागपोखरीमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

उक्त शेयरमा विद्यमान संस्थापक तथा सर्वसाधारणहरुले आवेदन दिन सक्ने छन ।

लिलामीमा बोलपत्र पेश गर्दा न्यूनतम प्रतिकित्ता १४० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीका लागि १० अंकको गुणांकमा बोलपत्र पेश गर्नुपर्ने हुन्छ।

उक्त बोलपत्र असोज ५ गते बिहान १०ः३० बजे खोलिने बैंकले जनाएको छ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया