आजबाट लिबर्टी इनर्जीको कारोबार सुरु, कत्तिमा हुदैँछ पहिलो कारोबार ?

५ बर्ष अगाडि

नेप्सेमा सूचीकृत भएसगैँ आजबाट लिबर्टी इनर्जी कम्पनीको साधारण शेयर नेप्सेमा कारोबार हुने भएको छ ।

यस अघि शुक्रबार कम्पनीको कम्पनीको शेयर नेप्सेमा  सूचीकृत भएको थियो ।

 भदौ ३ देखि ७ गतेसम्म साधारण शेयर निष्काशन गरेको कम्पनीको  एक करोड ५० लाख कित्ता साधारण शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो।

 कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँ ओपनिंग रेन्ज तोकिएको छ।

कम्पनीले भदौ ३ देखि ७ गतेसम्म साधारण शेयर निष्काशन गरेको थियो। 

कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ मूल्यको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो। जसमा १ लाख ८५ हजार ९ सय ७५ जना आवेदकबाट ७१ करोड ६८ लाख ११ हजार रुपैयाँको आवेदन परेको थियो।

५ बर्ष अगाडि

प्रतिक्रिया