माछापुच्छ्रे बैंक ले गत आर्थिक वर्ष २०७६/७७ को कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
माछापुच्छ्रे बैंकले आफ्ना लगानीकर्ताहरुलाई गत आव २०७६/७७ को लाभांश घोषणा गरेको छ ।
बैंकले शेयरधनीहरुलाइ चुक्ता पूँजीको ७।०३ प्रतिशत बोनस शेयर र कर सहित ३.३७ प्रतिशत नगद गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन्।
यस अघिको आर्थिक वर्षमा बैंकले ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो।
हाल ८ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात बैंकको पूँजी ९ अर्ब रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया