बुधबार बिहानै सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
उनले राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको बताए ।
यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो ।
एकाबिहानै भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका जनता घरबाहिर निस्केका थिए ।
प्रतिक्रिया