बालुवाटार भित्र मन्त्रीपरिषद बैठक, बाहिर जनता कुलमानको म्याद थपकाे प्रतिक्षामा

५ बर्ष अगाडि

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार  जारी बैठक नियमित बैठकको श्रृङ्खला भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् । 
उता बालुवाटारमा मन्त्रीपरिषद बैठक बसिरहँदा बाहिर नेपाली जनताले भने  नेपाल विद्युत प्राधिकरणबाट अवकास पाएका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिको प्रतिक्षा गरेका छन् । 

घिसिङको स्थानमा नयाँ व्यक्तिलाई नियुक्त गर्ने वा कुलमान घिसिङलाई नै निरन्तरता दिने भन्ने बारेमा आजको बैठकले निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । 

दुई दिनअघि कुलमान घिसिङको कार्यकाल पूरा भएपछि प्राधिकरणको कार्यकारी निर्देशक पद खाली भएको छ । 

कुलमानलाई पुन प्राधिकरणको नेतृत्व दिन आमसर्वसाधारणले सरकारलाई चौतर्फी दवाव दिँदै आएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया