नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोना सङ्क्रमणबाट ५ महिला र १० पुरुषसहित एकैदिनमा १५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार योसंगै मुलुकभर मृतकको संख्या ३ सय ६० पुगेको जनाएका छन ।
मृत्यु हुनेमा मोरङका ४० र ७० वार्षिय पुरुष , गोरखाकी ६३ वार्षिय महिला ,नवलपरासीकी ६२ वार्षिय महिला, पर्साकी ५५ वार्षिय महिला र कपिलवस्तुकी ४७ वार्षिय महिला रहेका छन ।
यसैगरी काठमाडौमा ६१ वार्षिय महिला , ७७ वार्षिय , ६२ वार्षिय, ७३ वार्षिय ,८५ वार्षिय ,७० वार्षिय पुरुष रहेका छन भने ललितपुरका ५५ वार्षिय पुरुष , भक्तपुरका ६२ वार्षिय पुरुष र रामेछापका २३ वार्षिय पुरुष रहेका छन ।
प्रतिक्रिया