प्रतिनिधिसभा सदस्यको शपथमा यी चार सांसद अनुपस्थित

७ बर्ष अगाडि

काठमाडौँ- संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सदस्यको शपथ कार्यक्रममा चार सांसदको अनुपस्थिति रह्यो । 

प्रतिनिधिसभाको सभाहलमा आज भएको शपथ कार्यक्रममा सांसदहरु टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी अनुपस्थित रहनुभएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए  । 

सांसदहरुलाई ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ गराएका थिए  । कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको शपथमा २७१ सांसद उपस्थित हुनुहुन्थ्यो । 

सांसद चौधरी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन्  भने अन्य सांसद व्यक्तिगत कारणले शपथमा अनुपस्थित रहेको  बताइएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया