नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तको एकीकृत कारोबार असोज ५ गतेदेखि

५ बर्ष अगाडि

काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्था  र सारथी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आगामी असोज ५ गतेदेखि सुभारम्भ हुने भएको छ । उनीहरु एक आपसमा गाभिएर सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । 
आज एक सुचना सार्वजनिक गर्दै यसको जानकारी दिइएको हो । उक्त लघुवित्तलाई एकीकृतका करोबारका लागि राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृती दिएको थियो । अब उक्त लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको धुलिखेलमा हुने छ । 
उक्त दुई लघुवित्त बीच गत माघ २० गते मर्जर सम्बन्धी सम्झौता भएको थियो । त्यसपछि नयाँ नेपालको शेयर कारोबार नै रोक्का भएको छ । सारथीले भने आईपीओ निष्काशन गरेको थिएन । 

५ बर्ष अगाडि

प्रतिक्रिया