कोरोना बीमाको मापदण्ड संसोधन, अब निजी प्रयोगशालामा परिक्षण गर्दा पनि दावी पाइने

५ बर्ष अगाडि

काठमाडौं – बीमा समितिले निजी प्रयोगशालामा गरिएको पीसीआर परिक्षणलाई पनि बीमा दावीको मान्यता दिने गरि कोरोना बीमाको मापदण्ड संसोधन गरेको छ । समितिले आज (सोमबार) देखि लागू हुने गरि उक्त मापदण्ड संसोधन गरेको हो । 
पहिलको मापदण्डमा स्वास्थ्य मन्त्रायल अन्तरगतको निकायमा पीसीआर परिक्षण गर्दा कोरोना देखिएपछि बीमा दावी पाउने व्यवस्था थियो । त्यो अनुसार बीमा कम्पनीहरुले निजी प्रयोगशालामा परिक्षण गरेका बीमितलाई दावी भुक्तानी दिएका थिएनन् । त्यसपछि यो बिषय निकै विवादित बनेको थियो । त्यसपछि समितिले गत हप्ता यस विवादलाई टुंगो लगाउन कार्यदल गठन गरेको थियो । सोही कार्यदलको सुझावको आधारमा कोरोना बीमाको मापदण्ड संसोधन गरिएको हो । 
नयाँ व्यवस्था अनुसार अब निजी प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण देखिएपनि बीमा दावी पाइने छ ।  यस्तै, अब कोरोना बीमाको एकल बीमालेख जारी नहुने बताइएको छ । अब बीमा कम्पनीहरुले सामुहिक र पारिवारिक बीमालेख मात्र जारी गर्न पाउने र त्यसको अवधी आगामी असारसम्मको हुने बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया