काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा बारम्बार समस्या आएपछि अर्थमन्त्रालयमा नै छलफल हुने भएको छ । सोमबार बिहान ११ बजे सम्बन्धीत सरोकारवालाहरुको उपस्थीतिमा अर्थमन्त्रालयमा छलफल गर्न लागिएको हो ।
पछिल्लो समय नेप्सेको टिएमएस प्रणालीमा बारम्बार समस्या आइरहेको छ । आज पनि समस्या आएपछि २ घण्टा जति कारोबार बन्द गर्नु परेको थियो । यसअघि पनि यस्तो समस्या आएको थियो । त्यसपछि त्यसको समाधान गर्ने उद्देश्य अनुरुप अर्थमन्त्रालयमा छफल गर्न लागिको हो ।
छलफलमा नेपाल धितोपत्र बोर्ड, नेप्से लगायतका निकायका प्रतिनिधिको उपस्थीति हुनेछ ।
बिशेषगरि नेप्सेले शेयर बजारलाई जिम्मेवारी पुर्वक सञ्चालन गर्न नसकेको बोर्डको अनुभुति छ । तर, यस बिषयमा नेप्सेले स्पष्ट प्रतिक्रिया दिएको छैन । त्यसपछि यस बिषयमा स्पष्ट रुपमा बझ्न र समाधानको बाटो खोज्न छलफल गर्न हो ।
अहिले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दे अनलाइन मार्फत नै कारोबार गर्न प्रोत्साहन गरिएको छ । तर, त्यो अवस्थामा पनि नेप्सेको सिस्टममा बारम्बार समस्या आइरहेको छ । अब यसलाई छलफल मार्फत नै समाधान गरिने छ ।
प्रतिक्रिया