गत आवमा २४ लाखको खानेपानी आयात, कुन देशबाट कति पानी आयो ?

५ बर्ष अगाडि

काठमाडौं – गत आर्थिक बर्षमा बिभिन्न देशबाट नेपालमा २४ लाख २९ हजार रुपैयाँको खानेपानी आयात भएको छ । गत आवमा अमेरिका, प्रान्स, भारत लगायतका ९ ओटा देशबाट उक्त मुल्य बराबरको ३५ हजार ९२४ लिटर पानी आयात भएको हो । 
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले यस्तो देखाएको हो । यद्यपि, गत आवमा खानेपानी आयात घटेको छ । अघिल्लो आवमा १ करोड ४७ लाख बराबरको खानेपानी आयात भएको थियो । गत आवमा भने कोरोना भाइरसको असरले पानी आयात घटेको हो । सरकारले कोरोना भाइरस नियन्त्रण गर्न चैत ११ गतेदेखि यता लकडाउन लगाएपछि खानेपानी आयात भएको छैन । 
नेपाल जलस्रोतको धनी देश हो । तर, नेपालमा बर्षेनी करोडौं रुपैयाँको खानेपानी आयात हुदैं आएको छ । त्यो पनि मरुभुमी भएका देशबाट नै पानी आयात भएको तथ्यांकले देखाएको छ । 

हेर्नुहोस, कुन देशबाट कति पानी आयो ? 


 

५ बर्ष अगाडि

प्रतिक्रिया