शेयर बजार दोहोरो अंकले उकालो लाग्याे

५ बर्ष अगाडि

साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार शेयर बजार १६.५६ अंकले बढेको हो ।

१.०९ प्रतिशतले बढ्दा नेप्से परिसूचक १५३७.३७ अंकमा उक्लिएको छ । 

नेप्सेका अनुसार आज १९१ कम्पनीका ७१ लाख ७९ हजार ८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३७ करोड ४१ लाख ४४ रुपियाँ बराबरको शेयर किनबेच भएको छ । 

बजार बढेको दिन पनि ट्रेडिङ, वित्त र म्युचुअल फण्ड राताम्मे भए भने बाँकी समूहमा हरियाली छायो ।

आज पनि नेपाल पुनर्बीमा कम्पनीकै शेयर सबैभन्दा बढी किनबेच भयो । कम्पनीको २४ करोड २० लाख ३२ हजार ३ सय ८८ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

टीएमएसमा समस्या उत्पन्न भएपछि कारोबार शुरु भएको केही समयमै नेप्सेले बजार रोक्का गरेको थियो भने पुनः समस्या समाधान भएपछि दिउँसो २ः१५ बजेबाट ५ः१५ बजेसम्म शेयर बजार सञ्चालन गरेको थियो । अन्य दिनहरुमा भने ३ बजे शेयर बजार बन्द हुने गरेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया