म्युचुअल फण्डकाे ६ करोड २ लाख लाभांश वितरण गर्दै सनराइज

५ बर्ष अगाडि

सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित भएको सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले लाभांश घोषणा गरेको छ।

गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट इकाईधनीहरुलाई लाभांश दिने भएको हो। योजनाले करसहित ७ प्रतिशतले हुन आउने ६ करोड २ लाख  नगद लाभांश वितरण गरिने जनाएको छ।

योजना सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकले उक्त लाभांश दिने निर्णय गरेको थियो। योजनाले उक्त लाभांश वितरणका लागि इकाईधनी दर्ता किताब बन्द हुने सूचना पनि सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार बुक क्लोज अवधिसम्म कायम इकाईधनीले लाभांश पाउन सक्नेछन्। योजनाको व्यवस्थापकमा सनराइज क्यापिटल रहेको छ। 
 

५ बर्ष अगाडि

प्रतिक्रिया