काठमाडौं – गत आर्थिक बर्षसम्ममा बैंक तथा वित्तिय संस्थाले कुल रु. ३९ खर्ब ३० अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो निक्षेप अघिल्लो आवको तुलनामा १७.२० प्रतिशतले बढी हो ।
अघिल्लो आवमा बैंक तथा वित्तिय संस्थाहरुले ३३ खर्ब ५३ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । नेपाल राष्ट्र बैंक गत आवको बार्षिक तथ्यांकले यस्तो देखाएको हो ।
बैंक तथा वित्तिय संस्थाको बिभिन्न प्रकारको बचत खातामा आम नागरिक तथा बिभिन्न संघ सस्थाहरुले यतिका पैसा राखेका हुन् ।
तथ्यांकअनुसार गत आवमा मात्र बैंकहरुले ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
बैंक तथा वित्तिय संस्थामा भएको निक्षेप मध्ये सबैभन्दा बढी व्यक्तिगत निक्षेपमा रहेको छ । व्यक्तिगत बचत खातामा २१ खर्ब ७० अर्ब ४४ करोड रुपैयाँ पैसा रहेको छ । गत आवमा मात्र व्यक्तिगत बचत खातामा ३ खर्ब ७६ अर्ब रुपैयाँ थपिएको छ ।
हेर्नुहोस, बैंक तथा वित्तिय क्षेत्रमा भएको निक्षेपको विवरण (रु. १० लाखमा)
प्रतिक्रिया