सिन्धुपाल्चोकमा फेरी पहिरोले १८ घर पुरियो, १७ जना बेपत्ता

५ बर्ष अगाडि

लगातारको वर्षाका कारण पहिरो खस्दा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ मा गएराती १८ घर पुरिएका छन् । सो वडाको घुम्थाङको नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको स्थानीय शिक्षक बजीर भण्डारीले बताए । 

नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको छ । त्यसमध्ये  एक महिलाको शव फेला परेको  बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए। 
 भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ।     
     
त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएको छ । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ । घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । 

पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक जाँदैछन् । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गर्नुभएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया