नेपालमा पछिल्लो चौबीस घण्टामा १४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण हालसम्म नेपालमा ३३६ जनाको ज्यान गइसकेको छ।
मृत्यु हुनेमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्सामा ७८ वर्षीय महिला, काठमाण्डूमा ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष रहेका छन्।
यस्तै भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनमा ६१ वर्षीय पुरुष, तनहुँमा ७६ वर्षीय महिला, स्याङ्जामा ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष रहेका छन्।
कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देशीका ६० र ४० वर्षीय पुरुष रहेका छन्।
प्रतिक्रिया