न्यूयोर्कमा भित्र सम्बोधन, बाहिर प्रदर्शन

७ बर्ष अगाडि

काठमाडौं – काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको सडक विस्तारविरूद्ध न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयअगाडि विरोध प्रदर्शन भएको छ ।

संयुक्त राष्ट्रसंघको ७३औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको समयमा त्यहाँस्थित नेपालीहरुले बाहिर विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब तीन घन्टा प्रदर्शन गरिएको जनाइएको छ ।

अमेरिकी नेपाल आदिवासी जनजाति महासंघ, युनाइटेड प्रेसर एन्ड प्रोटेस्ट ग्रुपलगायतका संघ–संस्थाहरुले सडक विस्तारविरुद्ध विरोध प्रदर्शन गरी संयुक्त राष्ट्रसंघको महासभामा ध्यानाकर्षण गराएका हुन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले सडक विस्तारका सम्बन्धमा नेपाल सरकारविरुद्धको मुद्दा प्रक्रिया अघि बढाएको अवस्थामा महासभामा प्रधानमन्त्री ओलीले भाग लिन नैतिकरुपले नमिल्ने भन्दै नेपालको संविधानप्रदत्त अधिकार, अन्तर्राष्ट्रिय ऐन–कानुन र सर्वोच्च अदालतको आदेश तथा फैसलाहरु पालना गर्न उनीहरुले माग गरेका थिए ।

सडक विस्तार कार्य नरोके यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्दै लैजाने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

 

७ बर्ष अगाडि

प्रतिक्रिया