मुलुकभर पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि , ५ जनाको मृत्यु

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ।

अहिलेसम्म नेपालमा ३२२ जनाको कोभिड १९ का कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ। क्वारेन्टिनमा  ६ हजार ७८ जना छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया