काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । धितोपत्र बिहीबार उक्त कम्पनीलाई ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
अब बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले आवश्यक तयारी गरेर छिट्टै आईपीओ निष्काशन गर्ने बताएको छ । कम्पनीलले आर्ईपीओ विक्री प्रबन्धकमा यसअघि नै एनआईबिएल एस क्यापिटललाई नियुक्ती गरिसकेको छ ।
कम्पनीले सर्वसाधारण तर्फको ३० प्रतिशत शेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापुँजी ७० करोड रहेको छ । आईपीओ बिक्री पछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयँ पुग्ने छ ।
बीमा समितिको प्रावधानअनुसार निर्जीवन बीमाको व्यवसाय गर्ने कम्पनीले १ अर्बको चुक्तापुँजी बनाउनुपर्ने हुन्छ ।
प्रतिक्रिया