काठमाडौं – नेपाल इन्स्योरेन्सले एनसीसी बैंकमा रहेको आफ्नो संस्थापक शेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ । कम्पनीले उक्त बैंकमा भएको आफ्नो स्वामित्वको ५ लाख कित्ता शेयर लिलाममा बिक्री गर्न लागेको हो ।
आज एक सुचना जारी गर्दै कम्पनीले असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म शिलवन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । उक्त शेयर ििवद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरिद गर्न पाउने छन् ।
शेयरको न्यूनतम मुल्य रु. ११० तोकिएको छ । आम खरिदकर्ताले सो वा सो भन्दा बढी मुल्य अंकित गरेर आवेदन दिनुपर्ने छ । न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बताइएको छ ।
विक्री प्रवन्धक एनआईवीएल एस क्यापीटलको लाजिम्पाटमा भएको कार्यलयमा खरिदकर्ताले आवेदन दिनुपर्ने छ । प्राप्त आवेदनको आधारमा कात्तिक २० गते वोलपत्र खोलिने छ ।
प्रतिक्रिया