काठमाडौं – यो साता नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसुचक १०.२७ अंकले बढेको छ । गत साताको अन्तिम दिन १५१०.४२ विन्दुमा नेप्से परिसुचक रहेको थियो । तर, यो साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबारसम्म आउँदा त्यो १५२०.६९ विन्दुमा पुगेको छ । यो साता नेप्से परिसुचक ०.६८ प्रतिशतले बढेको देखिन्छ ।
नेप्सेकाअनुसार यो साता २०३ ओटा कम्पनीको ११ अर्ब ५२ करोड २६ लाख ४० हजार बराबरको शेयर कारोबार भएको छ । यो साता २ करोड ६९ लाख ७६ हजार १३२ ओटा शेयरको १ लाख ४५ हजार ३५९ पटक शेयर कारोबार भएको छ । यद्यपि, शेयर कारोबार सख्या ८.६४ प्रतिशतले घटेको छ । तर, कारोबार रकम ३.२९ प्रतिशत, कारोबार शेयर सख्या ११.४४ प्रतिशतले बढेको छ ।
यो साता आइतबारदेखि बिहीबार अर्थात् पाचैं दिन नै शेयर कारोबार भएको थियो । यो साता बजार पुँजीकरण २० खर्ब २१ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
यो साता कारोबार रकम, कारोबार सख्या र कारोबार कित्ताको आधारमा नेपाल पुनर्बीमा कम्पनी नै पहिलो नम्बर आएको छ । उक्त कम्पनीको यो साता १ अर्ब ३५ करोड भन्दा बढीको कारोबार भएको छ । यो साता सो कम्पनीको १ करोड ५५ लाख ५५ हजार ५६६ कित्ता शेयरको १५ हजार ६२८ पटक कारोबार भएको छ ।
यस्तै, कारोबारको आधारमा यो शाता नागरिक लगानी कोष दोस्रो नम्बरमा रहेको छ । कोष को यो साता ६३ करोड ९३ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया