प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषमा भएको ५० हजार कित्ता शेयर बिक्री गर्ने

५ बर्ष अगाडि

काठमाडौं – प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोषमा रहेको आफ्नो स्वामित्वको संस्थापक तर्फको शेयर बोलकबोल मार्फत बिक्री भएको छ । कम्पनीले कोषमा भएको ५० हजार कित्ता शेयर बोलकबोल मार्फत बिक्री गर्न लागेको हो । 
हालै भएको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले प्रतिकित्ता २ हजार ३०० रुपैयाँ नघट्ने गरि शिलवन्दी बोलपत्र आवेदन दिन सुचना जारी गरेको छ । कोषको  हालको बजार शेयरमुल्य प्रतिकित्ता ३६०० रपैयाँको हारहारीमा छ । 
कम्पनीले आगामी भदौ २८ गतेदेखि असोज ४ गतेसम्म आवेदन दिन आह्वान गरेको छ । नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, प्रिमियर इन्स्योरेन्स कमपनीको केन्द्रीय कार्यलयमा आवेदन बझाउनुपर्ने बताइएको छ । 
यस बोलकबोल प्रक्रियामा बैंक तथा वित्तिय संस्था र बीमा कम्पनी बाहेक अन्य कम्पनी तथा व्यक्तिहरु सहभागी हुन पाउने छैनन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया