काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकको १८ औँ वार्षिक साधारणसभा असोज १६ गते हुने भएको छ । सो दिन चितवन रत्ननगरको स्टार व्याङ्क्वेटमा १ बजेदेखि साधारण सभा बस्ने गरि बैंकले हालै सुचना जारी गरेको हो ।
बिशेषगरि सभामा १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव लगिदैं छ । उक्त प्रस्ताव अघिल्लो साधारण सभाले पनि पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याउन हकप्रद शेयर निष्काशन गर्न लागिएको हो ।
हाल बैंकको चुक्तापुँजी ६ कराड ५६ लाख छ । हकप्रद बाँडफाँड भएपछि १३ करोड १२ भन्दा बढी हुनेछन । राष्ट्र बैंककाअनुसार उक्त बैंकले ५० करोड चुक्तापुँजी पुर्याउनुपर्ने छ ।
साधारण सभाले मर्जर, रणनीतिक साझेदार, नयाँ लगानीकर्ता लगायतका बिषयमा पनि निर्णय गर्ने बताइएको छ ।
साधारण सभाका लागि असोज ८ गतेदेखि बुकक्लोज हुनेछ ।
प्रतिक्रिया