काठमाडौं – नेशनल माइक्रोफाइनान्सले सस्थापक तर्फको १ लाख १० हजार कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ । यसका लागि कम्पनीले हालै एक सुचना जारी गरेर असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म शिलवन्दी बोलपत्र पेश गर्न इच्छुक लगानी कर्ता तथा कम्पनीहरुलाई आह्वान गरेको छ ।
उक्त आवेदन कात्तिक १८ गते एनआईविएल एस क्यापिटलमा खोलेर शेयर बिक्री गरिने बताइएको छ ।
कम्पनीले लिलामीमा बिक्री गर्न लागेको शेयरको न्यूनतम मुल्य ७२५ रुपैयाँ तोकेको छ । आवदेकले बोलपत्र पेशगर्दा उक्त मुल्य भन्दा बढी मुल्य अंकित गरेर आवेदन दिनुपर्ने छ । आवेदनकले न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने छ ।
प्रतिक्रिया