विप्लव समूहको विद्यार्थी सम्मेलन सम्पन्न

७ बर्ष अगाडि

गोरखा : अर्धभूमिगत शैलीमा राजनीतिक गतिविधि गर्दैआएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी नेता–कार्यकर्ता सम्मेलनमा जुटेका छन् ।


संगठनको यो २१ औं जिल्ला सम्मेलन भएको बताइएको छ । गोरखास्थित निर्माण व्यवसायी संघको हलमा सुरु सम्मेलनमा जिल्लाका अधिकांश नेता–कार्यकर्ता आएका छन् ।

जिल्ला सम्मेलन शुक्रबार दिउसो १ बजे सुरु भएको छ । सम्मेलनमा केन्द्रका संयोजक चीरञ्जिवी ढकाल पुगेका छन् ।

जिल्ला संयोजक योगेन्द्र कुमाल, जिल्ला सेक्रेटरी कपिल भट्ट, (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रुद्र भट्ट, गण्डक व्यूरो संयोजक मिलन राई, जिल्ला संयोजक सुशन सुवेदी लगायत सहभागी छन् ।

नयाँ कार्ययोजना तथा रणनीति तय गर्दै सम्मेलन शनिबार सम्पन्न हुने जिल्ला कमिटीका पदाधिकारीले बताएका छन् । पछिल्लो साता मात्रै नेकपाका प्रवक्ता प्रकाण्ड रिहा भएपछि यसका नेता–कार्यकर्ता सार्वजनिक रुपमै सभा गरेका थिए।

७ बर्ष अगाडि

प्रतिक्रिया