सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज बस्दैछ । गत फागुनदेखि पार्टीमा देखिएको विवाद समाधान हुँदैजाँदा आज स्थायी समिति बैठक बस्न लागेको हो ।
सरकारको प्रभावकारी संचालन र पार्टीएकतालाई गतिशील बनाउनका लागि आजको बैठक महत्वपूर्ण हुने पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
आज बजे बस्ने स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको छ, उनले भने, गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण,सहमति र अग्रगतिका साथ भविष्यमुखी बन्न अग्रसर हुनुको अर्को विकल्प पनि त छैन ।
आजको नेकपा स्थायी समिति बैठकले मन्त्रीपरिषद पुनर्गठन , संबैधानिक अङ्गका पदाधिकारी , मुख्यसचिव र राजदुतको नियुक्ति सङ्गसङ्गै गर्ने विषयमा पनि छलफल गर्ने प्रेस चौतारीका पूर्व अध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले बताएका छन् ।
प्रतिक्रिया