साताको अन्तिम दिन १२ अंकले बढायो नेप्से , कारोबार रकम २ अर्बभन्दा बढी

५ बर्ष अगाडि

आज साताको अन्तिम दिन  नेपाल स्टक एक्सचेन्ज (नेप्से)  परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १२.४९ अंकले बढेको छ ।

आज  १५०८.०२ को बिन्दुबाट सुरु भएको कारोबार ५ बजे सम्म आउँदा ०.८३ प्रतिशतले बढेर  १५२०.६९ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये २ उपसमुह भने ओरालो लागेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १८९ कम्पनीको ४२ लाख ६२ हजार ६९८  कित्ता शेयर २९ हजार ४३५ पटक खरिद विक्री हुदाँ २ अर्ब १७ करोड ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले १ लाख ९१ हजार १०२ कित्ता शेयर खरिद विक्री हुदाँ १७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भई उच्च स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया