कोरोनाबाट थप ५ जनाको मृत्यु , मृतकको संख्या ३ सय १७ पुग्यो

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ३१७ जनाको कोभिड(१९ का कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

अहिले नेपालमा १४,४४८ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ६,४३८ घरमै छन् भने बाँकी ८,०१० संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितहरूमध्ये १६५ जना सघन उपचार कक्षमा र २१ जना भेन्टिलेटरमा उपचाररत छन्।

क्वारन्टीनमा ५,६०७ जना रहेका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया