निषेधाज्ञा खुकुलो भएपनि आज सबै प्रकारका पसलहरु बन्द

५ बर्ष अगाडि

काठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो गरी बजार तथा पसलहरु सञ्चालन सहज बनाइने भएको छ ।  उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारहरुको बैठकले आजदेखि स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार बिहीबारदेखि भदौ ३१ गतेसम्म लागू हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाइ यसअघि निषेधित अधिकांश विषयहरुलाई सहजीकरण गर्दै व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताए । 

नयाँ निर्णय अनुसार स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

यसैगरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ । यसैगरी फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।

तर बिहीबार अर्थात आजको लागि भने पसलहरु खुल्ने कुनै तालिक छैन । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया