कारोबारको अन्तिम समयसम्म आउँदा १३ अंकले बढयो नेप्से

५ बर्ष अगाडि

आज  नेपाल स्टक एक्सचेन्ज (नेप्से)  परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १३.०५ अंकले बढेको छ ।

आज ११ बजे १४९५.१५ को बिन्दुबाट सुरु भएको कारोबार उकालो ओरालोको यात्रा तय गर्दै ३ बजे सम्म आउँदा ०.८७ प्रतिशतले बढेर  १५०८.२० को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये २ उपसमुह भने ओरालो लागेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९४ कम्पनीको ५७ लाख ९८ हजार ५३२  कित्ता शेयर २९ हजार १२४ पटक खरिद विक्री हुदाँ २अर्ब ५६ करोड ३४ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ३ लाख ३८ हजार ५५८ कित्ता शेयर खरिद विक्री हुदाँ २२ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भई उच्च स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया