शितगंगामा २१ लाखकाे विज्ञापन खर्च

५ बर्ष अगाडि

अर्घाखाँचीको सितगंगा नगरपालिकाले एक वर्षमा विज्ञापनमा २१ लाख भन्दा धेरै रकम खर्च गरेको छ । 

आर्थिक वर्ष २०७५/०७६ मा सो नगरपालिकाले विज्ञापन एजेन्सीमार्फत तथा प्रत्यक्ष रुपमा विभिन्न मिडिया र मिडियाकर्मीसंग सम्बन्धित संघ संस्थालाई रु २१ लाख २९ हजार २२८ खर्च गरेको विवरण सार्वजनिक भएको हो । 

विवरण अनुसार नगरपालिकाबाट सबैभन्दा धेरै कारोबार हुनेमध्ये पहिलोमा एन्जीला विज्ञापन एजेन्सी, दोश्रोमा फिस्टेल मिडिया र तेश्रोमा समानता न्यू विज्ञापन एजेन्सी रहेका छन् । 

एन्जिलाले एकवर्षमा २ लाख ४४ हजार ६ सय फिस्टेलले २ लाख ७ हजार र समानताले कर बाहेक मात्रै १ लाख ८७ हजारको विज्ञापन पाएका छन् ।  

एजेन्सीबाहेक सिधै दैनिक तथा साप्ताहिक पत्रिका, अनलाइन एवं विभिन्न संघ संस्थालाई पनि विज्ञापनको भुक्तानी गरेको छ । 

प्रजातान्त्रिक विचार समाज र रिपोर्टस क्लव नामका संस्थालाई पनि विज्ञापन बापतको रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया