काठमाडौं – अब बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक उत्तरदायित्व कोषको ५ प्रतिशत रकम वित्तिय साक्षरता खर्च गर्नुपर्ने भएको छ । बिशेषगरि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गर्ने तथा महिला
तथा सामाजिक रुपले पिछडिएका वर्गलाई वित्तीय सेवा सम्बन्धमा साक्षर बनाई वित्तीय सेवाप्रतिको पहुँच अभिबृद्धिका लागि उक्त रकम खर्च गर्नुपर्ने छ ।
शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिबृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम, यात्रु प्रतिक्षालय निर्माण, सडक बत्ती, सार्वजनिक शौचालय निर्माण जस्ता सामाजिक कार्य आदिमा गर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष खर्च यसमा गणना गर्न पाइने छ । परियोजना छनौट गर्दा सम्बन्धित क्षेत्रमा कार्य गरिरहेका विशिष्टिकृत संस्थाबाट सार्वजनिक सूचना मार्फत् प्रस्ताव माग गरी छनौट गर्नु पर्ने बताइन्छ ।
प्रतिक्रिया