काठमाडौं – नागरिक लगानी कोषले हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कोषले कोषले १ः ०.८२८४ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।
बोर्डले गत सोमबार नै बोर्डमा निवेदन दिएको हो । कोषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजाार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने बताइएको छ ।
हाल कोषको चुक्तापुँजी १ अर्ब ६४ करोड रुपैयाँ छ । हकप्रद बिक्री भएपछि त्यो ३ अर्ब हुनेछ । कोषले हकप्रद बिक्री प्रवन्धकमा आरवीवी मर्चेन्टलाई यस अघि नै नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया