रिलायन्स लाइफको शेयर मुल्यमा सकरात्मक सर्किट लाग्यो

५ बर्ष अगाडि

काठमाडौं – मंगबारदेखि शेयर कारोबार सुरु भएको रिलायन्स लाइफको शेयर कारोबारमा बुधबार सकरात्मक सर्किट लागेको छ । हिजो कम्पनीको शेयर मुल्य बढेपछि सकरात्मक सर्किट लागेको थिएन । 
तर, आज भने उक्त कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट नै लागेछ । 
हिजो उक्त कम्पनीको शेयर मुल्य ३४० रुपैयाँ थियो । आज ३४६ रुपैयाँबाट उक्त कम्पनीको शेयर कारोबार सुरु भएको थियो । अहिले त्यो १० प्रतिशतले बढेर ३७४ रुपैयाँ पुगेको छ । आज उक्त कम्पनीको शेयर मुल्य ३४ अंकले बढेको छ । 
आज पनि कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको अवस्था शुन्य छ । नेप्सेको मार्केट डेप्थअनुसार खरिद गर्न चाहाने चाप देखिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया