काठमाडौं – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर मुल्यमा लगातार चौथो दिन पनि नकरात्मक सर्किट लागेको छ । आइतबारदेखि यो कम्पनीको शेयर मुल्यमा नकरात्मक सर्किट लाग्ने क्रम जारी भएको अवस्थामा बुधबारपनि त्यसले निरन्तरता पाएको छ ।
आज समाचार तयार पार्दा उक्त कम्पनीको शेयर मुल्य ९.९२ प्रतिशतले घटेको छ ।
हिजो उक्त कम्पनीको शेयर मुल्य प्रतितोला ३९३ रुपैयाँ थियो । आज प्रतिकित्ता ३७४ रुपैयाँमा उक्त कम्पनीको शेयर कारोबार सुरु भएको थियो । यो समाचार तयार पार्दा उक्त कम्पनीको शेयर मुल्य ३५४मा झरेको छ ।
साथै, उक्त कम्पनीको शेयर बिक्री गर्ने लगानीकर्ताको चाप बढ्दै गएको छ । तर, खरिद गर्ने लगानीकर्ता शुन्य अवस्थामा रहेका छन् ।
प्रतिक्रिया