काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको शेयर बिक्रीमा कडाई गरेको छ । बिशेषगरि बैंकले २ प्रतिशत भन्दा बढी शेयर हिस्सा भएका शेयरधनीका लागि शेयर बिक्री गर्नमा कडाई गरेको हो ।
राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन संसोधन गर्दै त्यस्ता सेयरधनीले केन्द्रीय बैंकको स्वीकृति लिएर मात्र बिक्री गर्न सक्ने व्यवस्था गरेको हो । साथै, अन्य बैंकमा धितो बन्धक राख्न पनि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
शेयरधनीले स्वीकृति माग गर्दा जुन संस्थाको सेयर धितो राखिने हो सो संस्थाले निजको सेयर स्वामित्व तथा धितो रहे नरहेको विवरण समेत पेश राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ ।
यस्तै, संस्थापक सेयर धितो बन्धक राखी कर्जा प्रवाह गर्दा त्यस्तो कर्जाको नवीकरण तथा पुनरसंरचना र पुनरतालिकीकरण गर्न नपाइने व्यवस्था पनि गरिएको छ ।
तर, ०.५ प्रतिशतसम्म संस्थापक सेयर स्वामित्व रहेका संस्थापकले सेयर धितो राखी कर्जा उपयोग गरिरहेको भएमा कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी भई कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न बाधा नपर्ने व्यवस्था गरिए छ । व्यवस्थालाई बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्जा नीति÷ विनियममा स्पष्ट रुपमा उल्लेख गर्नु पर्ने बताइएको छ ।
प्रतिक्रिया