नेपालामा बितेको २४ घण्टामा थप ९०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४८,१३८ पुगेको छ। अहिलेसम्म नेपालमा एक चिनियाँ र एक भारतीय नागरिकसहित ३०६ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
सङ्क्रमितमध्ये ३०७ जना महिला र ५९५ जना पुरुष छन्।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ३२,९६४ जना निको भएका छन्।
अहिले देशभरि १४,८६८ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये ६,८१५ जना घरमै र ८,०५३ जना संस्थागत आइसोलेशनमा छन्।
प्रतिक्रिया