आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७.३५ अंकले बढेको छ ।
आज ११ बजे १४८७.८१ को बिन्दुबाट सुरु भएको कारोबार उकालो ओरालोको यात्रा तय गर्दै ३ बजे सम्म आउँदा ०.४९ प्रतिशतले बढेर १४९५.१५ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये २ उपसमुह भने ओरालो लागेका छन ।
आज कारोबारमा अन्तिम समयसम्म आएका १९० कम्पनीको ४१ लाख ८० हजार ८१६ कित्ता शेयर २३ हजार २९७ पटक खरिद विक्री हुदाँ १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया