एनआरएन इन्फ्रास्टक्चरको शेयर मुल्यमा लगातार तेस्रो दिन पनि नकरात्मक

५ बर्ष अगाडि

काठमाडौं – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर मुल्यमा लगातार तेस्रो दिन पनि  नकरात्मक सर्किट लागेको छ । आइतबार पनि नकरात्मक सर्किट लागेको उक्त कम्पनीको शेयर मुल्यमा सोमबार पनि नकरात्मक सर्किट लागेको थियो । त्यसले आज पनि निरन्तरता पाएको छ । 
आज समाचार तयार पार्दा उक्त कम्पनीको शेयर मुल्य ९.८६ घटेको छ । 

हिजो उक्त कम्पनीको शेयर मुल्य प्रतितोला ४३६ रुपैयाँ थियो । आज प्रतिकित्ता ४१५ रुपैयाँमा उक्त कम्पनीको शेयर कारोबार सुरु भएको थियो । यो समाचार तयार पार्दा उक्त कम्पनीको शेयर मुल्य ३९३ मा झरेको छ ।

साथै, उक्त कम्पनीको शेयर बिक्री गर्ने लगानीकर्ताको चाप बढ्दै  गएको छ । तर, खरिद गर्ने लगानीकर्ता शुन्य अवस्थामा रहेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया