ब्याजदर करिडोरसम्बन्धी कार्यविधि संसोधन, यस्ता छन् नयाँ व्यवस्था

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ को दोस्रो संसोधन गरेको छ । राष्ट्र बैंकले कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिबाट मुलुकको समग्र अर्थतन्त्रमा पार्नसक्ने असरलाई न्यूनीकरण गर्न उक्त कार्यविधि संसोधन गरेको हो । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा पनि यस सम्बन्धमा आवश्यक सम्बोधन गरेको थियो ।  
अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले आव २०७३÷७४ को मौद्रिक नीति मार्फत यो कार्यविधि ल्याएको थियो । 

यस्तै, तरलताको स्थितिको आधारमा गरिने निक्षेप संकलनको तथा ब्याजदर करिडोर अन्तर्गतको निक्षेप संकलनको प्रतिशत निर्धारण गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने व्यवस्था गरिएको छ । साथै, यस कार्यविधिमा कुनै द्विविधा उत्पन्न भएमा खुला बजार कारोबार सञ्चालन समितिले व्याख्या वा निर्णय गरेबमोजिम हुने बताइएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया