पछिल्लो  २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु

५ बर्ष अगाडि

 नेपालमा पछिल्लो  २४ घण्टामा थप ११ जनाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित ३०० जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ३०,६७७ जना निको भएका छन्।

अहिले देशभरि १६,२५९ जनामा सक्रिय सङ्क्रमण छ।

५ बर्ष अगाडि

प्रतिक्रिया