पछिल्लो  २४ घण्टामा थप ९७९ जनामा  सङ्क्रमण पुष्टि , कुल सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुग्यो

५ बर्ष अगाडि

नेपालमा पछिल्लो  २४ घण्टामा थप ९७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै सङ्क्रमितको कुल सङ्ख्या ४७,२३६ पुगेको छ। 

विगत २४ चौबीस घण्टामा ९,२१८ वटा नमुनाको पीसीआर विधिबाट परिक्षण गरिएको डा। गौतमले बताए।

उनका अनुसार सो अवधिमा १,७३६ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भएका थिए।

निको कुल सङ्क्रमितको ६५ प्रतिशत पुगेको छ।

अहिले देशभरि ४,७०० जनाभन्दा केही बढी मानिस क्वारन्टीनमा छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया