सोमबार राताम्मे नेप्से : १२ अंकको गिरावट

५ बर्ष अगाडि

काठमाडौं । आज (सोमबार)  नेपाल स्टक एक्सचेन्ज (नेप्से)  परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १२.१७ अंकले घटेको  छ ।

कारोबारको सुरुमा केही समय  उकालो लागेको  नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा ०.८१ प्रतिशतले घटेको  छ ।

आज १४९९.९८  को बिन्दुबाट सुरु भएको कारोबार ३ बजे सम्म आउँदा १४८७.८१ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये ४ उपसमुह भने  हरियोमा नै कायम रहेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९२ कम्पनीको ५५ लाख ९० हजार ६६५  कित्ता शेयर २८ हजार ३३ पटक खरिद विक्री हुदाँ २ अर्ब १६ करोड २२ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया