काठमाडौं – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर मुल्यमा आज पनि नकरात्मक सर्किट लागेको छ । आइतबार पनि नकरात्मक सर्किट लागेको उक्त कम्पनीको मुल्य आज पनि ९.९२ प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको हो ।
हिजो उक्त कम्पनीको शेयर मुल्य प्रतितोला ४८४ रुपैयाँ थियो । आज प्रतिकित्ता ४६० रुपैयाँमा उक्त कम्पनीको शेयर कारोबार सुरु भएको थियो । यो समाचार तयार पार्दा उक्त कम्पनीको शेयर मुल्य ४३६ मा झरेको छ ।
साथै, उक्त कम्पनीको शेयर बिक्री गर्ने लगानीकर्ताको चाप बढ्दै गएको छ । तर, खरिद गर्ने लगानीकर्ता शुन्य अवस्थामा रहेका छन् ।
प्रतिक्रिया